Monday May 13, 2024
BS 2081 Baishak 31
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

ट्रम्पले भने – ट्विटर नभएको भए म राष्ट्रपति हुँदैन थिएँ

Mar 22, 2017 under Current Affairs 114 , World 513

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर नभएको भए आफू राष्ट्रपति हुन नसक्ने बताएका छन् ।
ट्विटर तथा सामाजिक संजालका कारण संचारमाध्यमसँग मुकाबला  à¤—र्न सहयोग पुगेको र सोही कारण राष्ट्रपति हुन सम्भव भएको बताएको पीटीआईले जनाएको छ ।
डोनाल्ड ट्रम्पले यो कुरा जर्मनीका एक पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा बताएका हुन । जर्मनीका एक पत्रकारले ट्रम्पलाई, ‘तपाई बेला बेलामा ट्विट गर्नुहुन्छ, के तपाईलाई यसप्रति खेद छैन’ भन्ने प्रश्न सोधेका थिए ।
ट्रम्पले अमेरिकी भ्रमणमा आएकी जर्मन चान्सलर एन्जेला मर्केलसँग ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भने, “म सम्भवत आज यहाँ हुदैनथें होला । हामीसँग मानिसहरुको एक ठूलो मानिसहरुको समूह छ जसले मेरो कुरा सुन्छ र जब  à¤®à¤¿à¤¡à¤¿à¤¯à¤¾à¤²à¥‡ सहि कुरा बोल्दैन तब ट्विटरमार्फत त्यसको सामना गर्न सक्छु । त्यसैले मलाई यो मन पर्छ ।”

 

Baarakhari.com
No news.
Australian Dollar to Nepalese Rs